बेपत्ता बिरुद्धको अन्तर्राष्ट्रिय दिवस बाँकेमा पनि बिभिन्न कार्यक्रममा गरि मनाईयो

|

बाँके / बेपत्ता बिरुद्धको अन्तर्राष्ट्रिय दिवस बाँकेमा पनि बिभिन्न कार्यक्रममा गरि मनाईएको छ । सो दिवश प्रत्येक अंग्रेजी महिनाको ३० अगष्टका दिन पर्ने गर्दछ । बेपत्ता बिरुद्धको अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा बेपत्ता पारिएका ब्यक्तिहरुको सम्झना र न्यायका लागी वकालत गर्ने उद्देश्यले बाँकेको नेपालगन्जमा १७ जनाले रक्तदान गरेका छन् भने आफनो बेपता परिवारहरुको लास कि सास देखाउ भनी ब्यानर, प्लेकार्ड प्रदर्शनी समेत गरिएको छ ।

१३ बुँदे माग सम्बोधनका लागी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बाँकेका प्रमुख जिल्ला अधिकारी मार्फत बुझाइएको छ । त्यसै गरि जिल्ला समन्वय समिति मार्फत बाँकेका आठ वटै स्थानीय तहलाई ज्ञापनपत्र बुझाईएको छ । त्यसै गरि साझ दिप प्रज्वलन गरि बेपत्ता परिवारलाई सम्झना गरिएको छ । संक्रमणकालिन न्यायको क्षेत्रमा कार्यरत टिजे नेटवर्क बाँके, राष्ट्रिय मानव अधिकार आयोग लगायतका अधिकारवादी संघ सस्थाले बलपुर्वक बेपत्ता पारिएका ब्यक्तिहरुको १० औं अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा बेपत्ता पारिएकाहरुको सम्झनामा राष्ट्रिय अभियान, सत्य, न्याय र परिपुरण सहितको कानूनी प्रावधान भन्ने मुल नाराका साथ बेपत्ता बिरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिएको छ ।

बेपत्ता पारिएकाहरुको सम्झना र न्यायका लागी वकालत र पैरवी गर्ने कार्यक्रम तय गरिएको अधिकारकर्मी वसन्त गौतमले जानकारी दिए । यसै गरि यसै गरि बेपत्ता पारिएका ब्यक्तिहरुको सत्य, न्याय र परिपूरणको अधिकारको सुनिश्चितता र बर्तमान कोभिड १९ का कारण बेपत्ता पीडितहरुलाई परेको प्रभाव र सवाल सम्बोधनका लागी संघीय र स्थानीय सरकारलाई ध्यानाकर्षण गराइएको टिजे संजाल बाँके संयोजक चन्द्रकला उप्रेतीले बताइन् ।

संघीय सरकारलाई प्रमुख जिल्ला अधिकारी र स्थानिय सरकारलाई जिल्ला समन्वय समिति बाँके मार्फत ज्ञापन पत्र बुझाईएको समेत उप्रेतीले बताईन्।वेपत्ता पारिएकाहरुको सार्वजनिकरण र पीडितहरुको न्यायको पक्षमा वकालत गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय स्तरमै बेपत्ता पार्ने कार्य बिरुद्धको दिवस मनाई रहँदा नेपालका बेपत्ता पीडितहरुको अवस्था भने झन झन दर्दनाक बन्दै गएको महिला कानून र बिकाश मञ्चका क्षेत्रीय संयोजक सुनील कुमार श्रेष्ठले बताए ।

लामो समय देखि न्यायको प्रतिक्षामा रहेका बेपत्ता परिवारहरु बर्तमान कोभिड १९ को महामारीले झनै मर्कामा परेकोले पीडितको न्यायमा राज्य गम्भीर बन्नु पर्ने श्रेष्ठले बताए । राष्ट्रिय मानव अधिकार आयोग, टिजे नेटवर्क बाँके, महिला कानून र बिकास मञ्च, एडभोकेसी फोरम, इन्सेक, बार एशोसिएसन, गैसस महासंघ, न्यायका लागी द्धन्द्ध पीडित समाज, द्धन्द्ध पीडित साँझा चौतारी, द्धन्द्ध पीडित महिला राष्ट्रिय संजाल, नेपाल युवा परिषद लगायतका बिभिन्न संघ सस्थाहरुले संयुक्त रुपमा बेपत्ता पारिएकाहरुको स्थिति सार्वजकिरण र पीडितको न्यायको लागी सरकार गम्भीर भै तत्काल प्रभावकारी कदम चाल्नु पर्नेमा जोड दिएका छन् ।

२०७७ भाद्र १५, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।