नेपाल यूवा परिषद जाजरकोटका अध्यक्ष प्रविन विकको पहलमा पहिरो पीडितलाई राहत

|

जाजरकोट । नेपाल यूवा परिषद जाजरकोटका अध्यक्ष प्रविन विकको पहलमा पहिरो पीडितलाई राहत वितरण गरिएको छ ।जिल्लाको नलगाड नगरपालिका ६ पिउलीमा पहिरो पीडितलाई राहत हस्तान्तरण गरिएको हो । गत साउन २४ गतेको अविरल बर्षाका कारण नलगाड नगरपालिका ६ का मानबहादुर विकको घर पहिरोलो बगाउँदा १० लाख भन्दा बढीको क्षति भएको छ ।

साथमा नगद १ लाख पनि पहिरो संगै पुरिएका छ । २४ परिवारका सबै कोठमा गएको वेला एक्कासी पहिरो आउँदा घर पुरिएको स्थानीय जयबहादुर विकले बताए । घरमा नभएको वेला पहिरो खसेकोले मानवीय क्षति नभएको उनको भनाई छ । पहिरो पिडित परिवार अहिले छिमेकीको घरमा बस्दै आएका छन । त्यहि कुरालाई मध्यनजर गर्दै, नेपाल यूवा परिषदका अध्यक्ष प्रविन विकको पहलमा आफुले १ बोरा चामल, २ हजार बराबरको काँचो कपडा सहयोग गरेका छन । यस्तै एफ.जि.टी चर्चका संयोजक लालबहादुर विकले ३ हजार पाँच सय रुपैयाँ सहयोग गरेका छन ।

नेपाली काँग्रेसका नेता छवि पन्तले २ बोरा चामल र नेपाल तरुण दल जाजरकोटका अध्यक्ष फहिन्द्र सुनारले २ बोरा चामल सहयोग गरेका छन । नेपाल रेडक्रस सोसाइटी जाजरकोट समेत सहयोग गरेको छ । पिडित परिवारका मानबहादुर को आवश्यक कागज पहिरो संगै पुरिएका छन । सहयोग जुटाउने विकलाई परिवारले धन्यवाद दिएका छन ।

२०७७ भाद्र ८, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि हामीसँग तपाईं फेसबुक / ट्विटरमायुट्युव मा पनि जोडिन सक्नुहुनेछ .