तीजमा भीडभाड हुन नदिन बेथरीका युवा सक्रिय

|

रुपन्देही / रुपन्देहीमा दोस्रो चरणको लक डाउन चलिरहँदा समुदायमा भीडभाड हुन नदिन र तीज पर्वको ओहोरदोहोर रोक्न मायादेवी गाउँपालिका वडा नम्बर ६, बेथरी का युवाहरुले ई रिक्सामा रुपन्देहीका तीन वटा पालिकामा माइकिङ गरी चेतना जगाउने कार्य गरेका छन्।

मधेश मानवअधिकार गृह (माहुरी होम) द्वारा संचालित सहज परियोजनाको सहयोगमा बेथरीको अदिशक्ती कोटाही युवा क्लवका सदस्यहरूलें मायादेवी गाउँपालिका, कोटाहिमाई गाउँपालिका र मर्चवारी गाउँपालिकाको मुख्य मुख्य चोकमा पुगी माइकिङ गरि भिड भाड नगर्न सल्लाह दिएका छन् । ई रिक्सामा ब्यानर, साउण्ड र पम्प्लेट सहित बेथरी चोक बाट बिहान १० बजे सुरु भएको सो कार्यक्रम बंगाई, गैरकटी, मकरी, तुनीहवा, मझँगवा, पर्शहवा, रायपुर, अमवा, बैर घाट हुँदै बेथरी बाट पुनः झुलानिपुर सम्म पुगी साँझ ६ बजे सम्पन्न भएको थियो । “ कोरोना बाट आफू बचौ र अरूलाई बचाउ, यस पालिको तीज घरमै मनाऔं“ भन्ने नारा सहित कोरोना भाइरस सम्बन्धी जनचेतना, लैंगिक हिंसा न्यूनीकरण सम्बन्धी जानकारी तथा रेडियो कार्यक्रम रूपान्तरण सम्बन्धी जानकारी गराइएको थियो ।

२०७७ भाद्र ६, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।