दोलखामा ५५ शय्याको अस्पताल सञ्चालन

|

दोलखा / काठमाडौं विश्वविद्यालयले धुलिखेल अस्पताल अन्तर्गत सञ्चालन हुने गरी दोलखामा ५५ शय्याको अस्पताल सञ्चालनमा ल्याएको छ ।दोलखा बजारस्थित उक्त अस्पतालमा अहिले शल्यक्रियासहितको सुरक्षित सुत्केरी सेवा, ओपीडी, आपत्कालीन, एक्सरे, प्रयोगशाला, ईसीजी सेवा सञ्चालन थालिएको विश्वविद्यालयका स्कुल अफ मेडिकल साइन्सका सहप्राध्यापक रोशनकुमार महतोले बताए । छिट्टै आईसीयू सेवा सञ्चालन गर्ने तयारी रहेको उनले बताए ।

अस्पतालमा कोभिड–१९ का बिरामीका लागि आइसोलेसन वार्डको व्यवस्थासहित स्वाबलाई धुलिखेल अस्पतालमा पठाउने व्यवस्था गरिएको छ । अस्पतालमा विशेषज्ञसहितको टोली रहने सहप्राध्यापक महतोले जानकारी दिए ।- Ekantipur

२०७७ श्रावण २८, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि हामीसँग तपाईं फेसबुक / ट्विटरमायुट्युव मा पनि जोडिन सक्नुहुनेछ .