सिंहदरबारमा पत्रकारलाई प्रवेश निषेध

|

काठमाडौं । सिंहदरबारमा पत्रकारलाई प्रवेश निषेध गरिएको छ । सूचना विभागको पत्रकारको प्रेस पास बोकेका पत्रकारलाई समेत सिंहदरबारमा प्रवेश निषेध गरिएको हो ।

कोरोना संक्रमणको त्रासका बीच पत्रकारको प्रवेशमा कडाई भएको हो । विभिन्न मन्त्रालय तथा संसद सचिवालयमा आवश्यक सूचनाका लागि जाने पत्रकारलाई सिंहदरबारको गेटमै रोकिएको हो । गृहमन्त्रालयको आदेशमा प्रेस पास बोकेका पत्रकारलाई प्रवेश निषेध गरिएको हो ।

२०७७ श्रावण २१, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि हामीसँग तपाईं फेसबुक / ट्विटरमायुट्युव मा पनि जोडिन सक्नुहुनेछ .