लेबनानको राजधानी बेरुतमा भएको विष्फोटमा ७८ जनाको मृत्यु

|
लेबनानको राजधानी बेरुतको एक गोदाममा विष्फोट हुँदा ७८ जनाको मृत्यु भएको छ । विष्फोटमा परि चार हजार भन्दा बढी मानिस घाइते भएका छन् ।
लेवनानको राजधानी बेरुतमा विष्फोटक पदार्थले भरिएको एक गोदाममा बिस्फोट भएको हो । मारिनेमा बीबीसीका एक पत्रकार पनि रहेको रोयटर्सले जनाएको छ ।
घटना पछी लेवननमा तीन दिने शोक घोषणा गरिएको छ । गोदाममा २ हजार ७ सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रुपमा भण्डारण गरिएको खुलासा भएको छ ।
बिष्फोटका कारण बेरुत वरिपरिका भवनहरु पुर्ण रुपमा ध्वस्त भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
लेवनानका राष्ट्रपति मिशेल अउनले घटना निकै निन्दनीय भएको भन्दै घटनामा संलग्न जो कोहीलाई पनि कडा कारबाही गरिने चेतावनी दिनुभएको छ साथै लेवननका प्रधानमन्त्री हसल दीबले घटना निकै गम्भीर भएको बताउदै जिम्मेवार जो कोही कानुनको भागीदार हुनुपर्ने जनाउनु भएको छ ।

२०७७ श्रावण २१, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।