ट्रकको ठक्करबाट कैलाली बौनियाँमा युवतीको मृत्यु

|

कैलाली । बर्दगोरिया गाउँपालिकाको  बौनियाँमा प्रहरी र स्थानीयबीच झडप भएको छ  । ट्रकको ठक्करबाट युवतीको मृत्युपछि विवाद हुँदा झडप भएको हो ।

झडप हुँदा प्रहरीले स्थानीयमाथि लाठीचार्जसँगै ४० सेल अश्रुग्यास प्रहार गरेको  इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ । स्थानीयले अहिले शवलाई सडकमा राखेर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । सोमबार बिहान ना.६ख ३३४० नम्बरको ट्रकको ठक्करबाट २६ वर्षीया सन्तोषी बोहराको मृत्यु भएको थियो ।

२०७७ श्रावण १२, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।