कोरोना संक्रमणबाट नेपालमा थप एकको मृत्यु

|

काठमाडौँ / कोरोना संक्रमणबाट नेपालमा थप एकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले मृत्युको औपचारिक रुपमा पुष्टि गरेका हुन् । उनका अनुसार रौतहटका परवा नगरपालिका वडा ७ का ३६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

प्रवक्ता डा गौतमले उनको मृत्यु नारायणी अस्पताल वीरगन्जमा आईसीयूमा उपचारका क्रममा बुधबार मृत्यु भएको जनाए ।  नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

२०७७ असार ३१, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि हामीसँग तपाईं फेसबुक / ट्विटरमायुट्युव मा पनि जोडिन सक्नुहुनेछ .