माइती नेपालले संञ्चालन गरेको खाना अभियान

|

बाँके । माइती नेपालले संञ्चालन गरेको एक छाक खाना अभियान नेपालगञ्जको वडा नं.–२ मा पुगेको छ । जिल्लाका बिभिन्न स्थानमा पुग्ने अभियान सातापछि नेपालगञ्ज २ मा पुगेको हो । अभियानलाई वडा अध्यक्ष सुनिल सिंह हमालले शुरु गर्नुभयो ।
उहाँले निम्न, गरिब र बिपन्न परिवारलाई बितरण गरिने खाना आफुले समेत खाएर अभियानको शुरुवात गर्नुभएको छ । वडा सदस्य आशा बिष्ठ र शान्ति परियार समेतले बितरणस्थलमै खाना खाएर सर्वसाधारणलाई खानाको महत्व बुझाउनुभएको थियो । बितरणकै क्रममा वडा अध्यक्ष हमालले पौष्टिक खाना अहिलेको अवश्यकता भएको बताउनुभयो । महिला तथा बालबालिका यस अभियानका मुख्य लक्षित समूह भएको भएपनि आवश्यकता हुनेले पनि खाना लिन सकिने भन्दै राम्रो काम भएको वडा अध्यक्ष हमालले उल्लेख गर्नुभयो ।
यो वडामा सोमबारदेखि शुरु भएको खाना अभियानको पहिलो दिन बाल्मिकी टोल र मंगलबार घरवारीटोल नजिकैको लोनियनटोलमा खाना बितरण गरिएको छ । एक सातासम्म नेपालगञ्ज क्वारेन्टिन र वडा नंं–१२ का बिभिन्न समुदायमा केन्द्रीत रहेको थियो । सो क्रममा बेलासपुर, नयाँबस्ती, चिडिमार बस्ती र कोरियनपुरमा बिहानको एक छाक खाना बितरण गरिएको थियो ।
यस्तै नेपालगञ्जमा रहेको नीलसागर बृद्धाश्रममा रहेकाहरुलाई अभियानको शुरुवातदेखि नै खाना खुवाइरहेको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले जानकारी दिनुभयो । ‘दुई महिनासम्म संचालन हुने अभियान जिल्लाका बिभिन्न स्थानमा पुग्छ,’ संयोजक कोइरालाले भन्नुभयो, ‘यसमा हामीले आवश्यकता भएका क्षेत्रमा खाना पु¥याउनेछौं ।’
लामो समयको बन्दाबन्दीपछिको अहिलेको समयमा पनि समस्यामा परेका व्यक्तिलाई खानाकै जोहो गर्न कठिन छ । यो अवस्थामा एक समय भएपनि हामीले सहयोग गरौं भनेर युएन उमनको सहयोग र स्थानीय तहको समन्वयमा यो अभियानको शुरुवात गरेको संयोजक कोइरालाले बताउनुभयो । सामुदायिक भान्छामा तयार गरिएको सादा खानासंगै मिनरल पानी (वाटर) दैनिक दुई सय पचास जनालाई बितरण गर्दै आएको छ ।

२०७७ असार २७, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।