नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको पुष्टि

|

काठमाडौँ / नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा मृत्यु हुनेमा अछामका रामारोसन गाउँपालिकाका वडा नं ५ का ४५ वर्षीय पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकरी दिएका छन् । उनको असार १४ गते बयालपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनी मधुमहेका बिरामी थिए ।

मृत्यु भएको भोलिपल्ट उनको स्वाब संकलन गरिएको थियो । उनमा असार १६ गते कोरोना पोजिटिभ आएको थियो । उनीसँग सम्पर्कमा आएका दुई कुरुवाहरुको भने कोरोना परीक्षणको पीसीआर रिपोर्ट नेगेटिभ आएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

२०७७ असार १७, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि हामीसँग तपाईं फेसबुक / ट्विटरमायुट्युव मा पनि जोडिन सक्नुहुनेछ .